दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, आयोगले दियो पूर्वस्वीकृति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, आयोगले दियो पूर्वस्वीकृति



काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्ने विद्युत नियमन आयोगले पूर्वस्वीकृति प्रदान गरेको हो ।

कम्पनीलाई १०० प्रतिशत (१ः१ अनुपात) मा २६ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो । अब हकप्रद सेयर निष्कासन प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुनेछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीबाट २०० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति मागेको थियो । तर, आयोगले १०० प्रतिशत मात्र हकप्रद निष्कासनको अनुमति दिएको हो ।


प्रतिक्रिया दिनुहोस्