अन्तिम दिनसम्म हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १६ लाख ६० हजारले दिए आवेदन, साढे ६ अर्ब संकलन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अन्तिम दिनसम्म हिमालयन रिइन्स्योरेन्सको आइपीओमा १६ लाख ६० हजारले दिए आवेदन, साढे ६ अर्ब संकलन



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ६ अर्ब ६३ करोड ६३ लाख ४ हजार ४२० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात पुष २ गते साँझ ५ः०८ बजेसम्म १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरिएको थियो ।कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । योमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्