अपर तामाकोशीले अवितरित १ करोड ७० लाखभन्दा बढी कित्ता हकप्रद सेयर लिलामीमा ल्याउदैं
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले१ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर विक्रीमा ल्याउने भएको छ । कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर पुष १३ गतेदेखि बिक्रीमा ल्याउने भएको हो ।
उक्त हकप्रद लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । कम्पनीले उक्त हकप्रदको सेयर मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी पुष २९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
खरिद गर्ने चाहनेले नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं, सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँ र लक्ष्मी सनराइज बैंकको विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोटबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।
हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुनेछ ।













