जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद निष्कासन गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ६५ प्रतिशत हकप्रद निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि बोर्डले अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड १४ लाख रहेको छ ।













