कर्णाली लोक सेवाले माग्यो २४ जना कर्मचारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कर्णाली लोक सेवाले माग्यो २४ जना कर्मचारी



काठमाडौँ। कर्णाली प्रदेश लोक सेवा आयोगले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै प्रशासन र लेखामा गरेर विभिन्न २४ पदका लागि दरखास्त आह्वान गरेको हो ।

.खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको हो। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको हो। परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता र परीक्षा केन्द्र वीरेन्द्रनगर, सुर्खेत तोकेको छ।

तोकिएको मापदण्ड पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिनपर्ने व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस्