अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिने आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अपर तामाकोशी हाइड्रोपावरको हकप्रदमा कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रदमा आइतबार अर्थात पुष २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १ करोड ७० लाख १९ हजार ३० कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म निष्कासन गरेको हकप्रदमा बिक्री हुन नसकेको सेयर लिलामीमा ल्याएको हो । उक्त हकप्रद लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

कम्पनीले उक्त हकप्रदको सेयर मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

खरिद गर्ने चाहनेले नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं, सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँ र लक्ष्मी सनराइज बैंकको विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुङ, नेपालगंज, सुर्खेत, धनगढी र चरिकोटबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सक्नेछन् । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुनेछ ।


प्रतिक्रिया दिनुहोस्