एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार कम्पनीको १० प्रतिशत बोनस बापत ७ लाख ९३ हजार ५०० कित्तासेयर सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।












