१३ श्रावण २०८३, बुधबार

सेयर बजारमा म्युचुअल फन्डहरुको साढे ३० अर्ब लगानी: औसत न्याभ १० रुपैयाँ, कुन-कुन हुन् नाफा कमाउनेहरु ?



काठमाडौं । अधिकांश म्युचुअल फन्डहरु घाटामा देखिएका छन् । हाल संचालनमा रहेका ४४ वटा फन्डहरुले सार्वजनिक गरेको गत वैशाख महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंशाखमा २८ वटा फन्डहरुले घाटा व्यहोरेका छन् । त्यसबाहेककाले मात्र नाफा कमाउन सफल छन् । समग्रमा फन्डहरु ७३ करोड ९३ लाख ३५ हजार रुपैयाँ घाटामा देखिएका हुन् । गत चैत महिनामा पनि २४ वटा कम्पनीहरु घाटा थिए । सो महिनामा फन्डहरुको समग्र नोक्सानी ३९ करोड ४९ लाख रहेको थियो ।

चैतको तुलनामा सेयर बजारमा लगानी पनि झिनो घटेको देखिएको छ । बैशाखमा ३० अर्ब ४७ करोड ९६ लाख १८ हजार रुपैयाँ लगानी सेयर बजारमा देखिएको छ । तर, यो गत चैत महिनाको तुलनामा भने ०.५२ प्रतिशत कमी हो । चैत महिनामा फन्डहरुले ३० अर्ब ६३ करोड ९९ लाख ५६ हजार रुपैयाँ लगानी गरेका थिए ।

हाल फन्डहरुको औसत प्रतिइकाइ सम्पत्तिको मूल्य (न्याभ) पनि १० रुपैयाँ ५ पैसा छ । बैशाखमा फन्डहरुको डिवेन्चरमा कुल लगानी ३ अर्ब ४७ करोड ४९ लाख ५२ हजार, फिक्स डिपोजिटमा ४ अर्ब २ करोड ५२ लाख, र बैंक मौज्दातमा ७ अर्ब ३९ करोड ५२ लाख रुपैयाा लगानी देखिएको छ ।

बैशाखमा फन्डहरुको समग्र सेयर बजारमा लगानी, नाफा र न्याभ सबै घटेका छन् । फन्डहरुको अवस्थामा खास सकरात्मक सुधार आउन सकेको छैन ।

समय बजारमा देखिएको उतारचढावले नै कम्पनीहरुको नाफामा खास सुधार आउन नसकेको छ । यता, बैंक बचतको ब्याजदर पनि निरन्तर घटी रहेको छ । अर्को तर्फ बजार वृद्धि राम्रो वृद्धि नदेखिएको छैन । यसले पनि अधिकांश फन्डहरुले घाटा व्यहोरेको हुन् ।

बैशाखमा सबैभन्दा धेरै नाफा कमाउनेमा प्रभु सेलेक्ट फन्ड छ । सो फन्डले बैशाखमा ७ करोड १४ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । हाल प्रभु सेलेक्ड फन्डको सेयर बजारमा ९० करोड ८५ लाख २४ हजार रुपैयाँ लगानी छ । यस्तै, सर्वाधिक नाफा कमाउनेको दोस्रो सूचीमा रहेको एनआइसी एशिया ग्रोथ फन्डले ५ करोड ३३ लाख कमाएको छ । यस्तै, हिमालयन ‘८०-२०’ले ४ करोड ५९ लाख, एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले ४ करोड ५ लाख बढी नाफ कमाएका छन् ।

सेयर बजारमा ठुलो लगानी रहेको एनआइबिएल सहभागित फन्ड भने ३ करोड ७४ लाख रुपैयाँ घाटामा छ । बैशाखमा १० रुपैयाँ ०५ पैसा न्याभ कायम भएको सो फन्डको सेयर बजारमा १ अर्ब ७० करोड ५५ लाख ५१ हजार रुपैयाँ लगानी गरेको छ ।

यस्तै, सेयर बजारमा एनएमबि सरल बचत फन्ड–इ को १ अर्ब ४५ करोड, सिद्धार्थ इक्विटी फन्डको १ अर्ब १६ करोड ६० लाख, एनएमबि सुलभ फन्ड–सेकेन्डको १ अर्ब १० करोड २३ लाख र एनएमबि ५० को १ अर्ब ३ करोड ८६ लाख रुपैयाँ लगानी रहेको छ । तर, सेयर बजारमा अर्ब बढी लगानी गरेको यी फन्डहरु क्रमशः ९ करोड ३० लाख, ९ करोड १२ लाख, १ करोड ८६ लाख र ४ करोड रुपैयाँ घाटामा देखिएका छन् ।

फन्डहरुको न्याभ भने चार वटको ९ रुपैयाँभन्दा तल छ । सबैभन्दा धेरै एनएमबि सलभ इन्भेष्टमेन्ट फन्ड–सेकेन्डको ११ रुपैयँ ११ पैसा छ । यस्तै, सनराइज फर्स्ट म्युचुअल फन्डको ११ रुपैयाँ छ । २४ वटा फन्डको न्याभ १० रुपैयाँभन्दा माथि छ ।

कुन फन्डको अवस्था कस्तो छ ?