कहिलेसम्म कायम सेयरधनीहरुले पाउनेछन् नागरिक लगानी कोषको लाभांश ?
काठमाडौं । लाभांश पारित गर्न नागरिक लगानी कोषले साधारण सभा बोलाएको छ । कोषले असार ३१ गते आफ्नो २९औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा छ । कोषमाले यो वर्ष १४.७३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव आगामी साधारण सभामा पेश भई पारित हुनेछ ।
सभामा गत आव २०७९÷८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्ने छ ।
लाभांश वितरण प्रयोजन तथा सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बिहीबार बुक क्लोज गर्ने जनाएको छ ।













