तपाईको डिम्याट खातामा आयो त एक कम्पनीको १०.२६ प्रतिशत बोनस सेयर ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

तपाईको डिम्याट खातामा आयो त एक कम्पनीको १०.२६ प्रतिशत बोनस सेयर ?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ।

कम्पनीले गत बैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित १०.२६ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाएको हो ।

कम्पनीले गत आइतबार ४६ लाख ६३ हजार ७५६.९७४६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो । सोही सेयर कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।

गत बैशाख ६ गतेसम्म कम्पनीको सेयरहरु अभौतिकरण गराएका सेयरधनी अर्थात् उक्त मितिमा अभौतिक रुपमा कायम सेयरधनीहरुको बोनस सेयर सम्वन्धितको खातामा जम्मा गरेको छ ।

सो मिति पश्चात सेयर अभौतिकरण गराएका सेयरधनीको हकमा क्रमशः जम्मा हुने व्यवस्था भएकाले हालसम्म पनि सेयर अभौतिकरण नगरेका सेयरधनीले आफ्नो सेयर अभौतिकरण गराई बोनस सेयर खातामा प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्