८ श्रावण २०८३, शुक्रबार

कर्मचारी खुसी पार्न प्रभु महालक्ष्मी, सानिमा रिलायन्स र आइएमई लाइफ सीपालु, कसले कति बढाए सुविधा ?



काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको सेवा सुविधा औसत झन्डै ६ प्रतिशत हाराहारीमा खर्च गरेका छन् ।

कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा १४ जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको बोनस तथा सुविधाका लागि ५ अर्ब ८९ करोड ६२ लाख रुपैयाँ खर्चिएका छन् । जुन अघिल्लो आवको तुलनामा ५.८८ प्रतिशत धेरै हो । अघिल्लो आवमा पनि यस्तो शीर्षकमा ५ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ खर्चिएका थिए ।

बीमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारीको बोनस तथा सुविधाका लागि छुटाउने पर्ने व्यवस्था छ । सोही बमोजिम बीमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्था बापत सो रकम छुट्ट्याएका हुन् । गत आवमा अधिकांश कम्पनीहरुले कर्मचारी सुविधा तथा बोनस रकम बढाएका छन् । गत आवमा ५ वटा कम्पनीले भने घटाएका छन् । तर, ती बाहेकका कम्पनीहरुले भने बढाएका छन् ।

वित्तीय विवरण अनुसार कर्मचारी खुसी पार्न अर्थात् उनीहरुको सेवा सुविधा बढाउन प्रभु महालक्ष्मी लाइफ सीपालु देखिएको छ । एकै वर्ष कम्पनीले कर्मचारीको सुविधा तथा बोनस ९९.४३ प्रतिशत बढाएको छ । अघिल्लो आवमा कम्पनीले यस्तो शीर्षकमा २१३ करोड ४५ लाख रुपैयाँ खर्चिएको थियो । तर, गत आवमा आइपुग्दा भने बढेर ४६ करोड ७६ लाख रुपैयाँ छुट्याएको छ ।
कर्मचारीको सेवा सुविधा तथा बोनस वृद्धिदरमा सानिमा रिलायन्स लाइफ पनि तगडा देखिएको छ । एक वर्षमा कम्पनीको यस्तो सुविधा ५८.३३ प्रतिशत बढेर ४१ करोड ६३ लाख ४९ हजार रुपैयाँ कायम भएको छ ।

यता, आइएमई लाइफले पनि आफ्ना कर्मचारीको सेवा सुविधा २६.९७ प्रतिशत बढाएको छ । गत आवमा कम्पनीले यस्तो शीर्षकमा २९ करोड २६ लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै, सिटिजन लाइफले पनि १९.९७ प्रतिशत, सन नेपाल लाइफले ११.१३ प्रतिशत, नेशनलले ८.३७ प्रतिशत, रिलायवल नेपालले ६.७२ प्रतिशत, राष्ट्रिय जीवन बीमाले ६.४६ प्रतिशत र मेट लाइफले १.९३ प्रतिशत बढाएका छन् ।

तर, गत आवमा नेपाल लाइफले भने कर्मचारी सेवा सुविधामा खर्चिने रकम घटाएको छ । अघिल्लो आवको तुलनामा कम्पनीले यस्तो शीर्षकको खर्च १२.७ प्रतिशत घटाएरको छ ।

गत आवमा हिमालयन लाइफको पनि ११.३१ प्रतिशत घटेको छ । यद्यपि, रकमको आधारमा सर्वाधिक खर्चिएको छ। रकमका आधारमा सबैभन्दा धेरै खर्च गरेता पनि अघिल्लो आवको तुलनामा भने घटेको हो । गत आवमा कम्पनीले ८८ करोड ४३ लाख रुपैयाँ कर्मचारी सेवा सुविधा तथा बोनस व्यवस्थामा खर्चिएको हो ।

यस्तै, अघिल्लो आवको तुलनामा एलआइसी नेपालको ६.१७ प्रतिशत, सूर्यज्योति लाइफको पनि ३.३३ प्रतिशत र एशियन लाइफको १.१ प्रतिशत घटेको छ ।

कर्मचारी सुविधा तथा बोनस व्यवस्थाका लागि कुन कम्पनीले कति खर्चिए ?

स्रोतः सम्वन्धित कम्पनीहरुले प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय रिपोर्ट, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्