तिहार बिदामा डिपो खुला राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै निगम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

तिहार बिदामा डिपो खुला राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै निगम



काठमाडौं । तिहार तथा छठ बिदाको समयमा पनि सहज रुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुने भएको छ ।

नेपाल आयल निगमले तिहार बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने भएको हो ।

निगमले स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरु खुला राखेर विक्री वितरण गर्न लागेको हो । पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएमा सम्पर्क व्यक्ति समेत तोकेको छ ।’


प्रतिक्रिया दिनुहोस्