सर्वोत्तम सिमेन्टले गर्यो लाभांश घोषणा, साधारणसभा आह्वान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सर्वोत्तम सिमेन्टले गर्यो लाभांश घोषणा, साधारणसभा आह्वान



काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारणसभा समेत बोलाएको छ । कम्पनीको साधारणसभा आगामी पुस २६ गते, शुक्रबार, होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान ११ बजे शुरु हुनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। त्यसैले,पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्