ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयर पुस २३ गतेदेखि बिक्री खुला हुने - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद सेयर पुस २३ गतेदेखि बिक्री खुला हुने



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीले आउँदो पुस २३ गतेदेखि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसा बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत मंसिर १८ गते बुक क्लोज गरिसकेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्