पोखरा फाइनान्सको संचालक ढकालको राजिनामा स्वीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पोखरा फाइनान्सको संचालक ढकालको राजिनामा स्वीकृत



काठमाडौं । पोखरा फाइनान्स कम्पनीको संचालक निशान ढकालले राजिनमा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनामा दिएका हुन् ।

कम्पनीमा उनले डि.डि. इन्भेष्टमेन्ट प्रालिको तर्फबाट प्रतिनिधित्व गर्दै संचालक बनेका थिए ।

उनले दिएको राजिनामा पुस १६ गते मंगलबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । ढकालले पुस ११ गते पदबाट राजिनामा दिएका थिए ।

उनको ठाउँमा अब कम्पनीबाट एक जना नयाँ प्रतिनिधि एक साताभित्रै पठाउने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्