४ आश्विन २०८३, आइतबार

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको हो।

बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।