प्रोग्रेशिभ फाइनान्स ३०औं वर्षमा प्रवेश - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रोग्रेशिभ फाइनान्स ३०औं वर्षमा प्रवेश



काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २०८१ फागुन १४ गते २९औं वर्ष पुरा गरी ३०सौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा फाइनान्सले पाटन सुन्धारामा खुला रक्तदान कार्यक्रम आयोजना गर्यो । स्टार हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा रक्तदाताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनले व्यवसायिक कृयाकलाप सँगसँगै यस प्रकारका सामाजिक गतिविधिहरुलाई पनि अगाडी बढाउन सकेकोमा खुशी प्रकट गरे ।

प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्दै स्वास्थ्य सेवाजस्तो आधारभूत आवश्यकतालाई प्राथमिकता दिई यस फाइनान्सले आयोजना गरेको रक्तदान कार्यक्रमबाट अमूल्य जीवनहरुलाई बचाउन सकिने भएकोले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा फाइनान्सका कर्मचारीहरु समेतको सहभागीतामा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक बैकिङ सेवाहरुको सहज उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २३ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्