आजसम्म कायम सेयरधनीले मात्र बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन पाउने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आजसम्म कायम सेयरधनीले मात्र बरुण हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिन पाउने



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन आजसम्म सेयरधनी बन्नुपर्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि भोलि अर्थात् जेठ २१ गते बुक क्लोज गर्दैछ । त्यसका आधारमा आजसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ड बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्