सुमेधा एयरलाई हेलिकप्टर सेवा सञ्चालनको अनुमति - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुमेधा एयरलाई हेलिकप्टर सेवा सञ्चालनको अनुमति



काठमाडौं । सुमेधा एयरले नेपालमा वायुसेवा सञ्चालनको लागि आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुमेधा एयरलाई हेलिकप्टर सेवा सञ्चालन गर्न अनुमति दिएको हो।

वायुसेवाले तोकिएको शर्त पूरा गरेर इजाजतपत्र लिएको मन्त्रालयले जनाएको छ ।अब कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट एयर अपरेटर सर्टिफिकेट (एनओसी) लिनु पर्नेछ, जसपछि मात्र नियमित हेलिकप्टर उडान सुरु गर्न सक्नेछ।

सुमेधा एयरको स्वामित्व व्यवसायी निरज गोविन्द श्रेष्ठसँग रहेको छ। श्रेष्ठ यसअघि सानिमा र माछापुच्छ्रे बैंकमा लगानीकर्ता रहेका थिए। साथै, उनले एनसेलमा रहेको आफ्ना २० प्रतिशत सेयर पनि बिक्री गरिसकेका छन्।

सुमेधा एयरको प्रवेशसँगै नेपाली आकाशमा नयाँ निजी हेलिकप्टर सेवा प्रदायक थपिएको छ, जसले आगामी दिनमा पर्यटन, उद्धार तथा चार्टर उडानको क्षेत्रमा प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्