महानगर यातायातले सुरु गर्यो आकर्षक विद्युतीय बस सेवा, नेपाल इभी युगमा पुगेको छः मन्त्री दाहाल
काठमाडौँ । महानगर यातायातले विद्युतीय सवारीसाधन सञ्चालनको आरम्भ गरेको छ ।
काठमाडौँमा आज आयोजित कार्यक्रममा महानगर यातायातले ३५ सिटे चेरी वान्डा इभी सिटी १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।
‘विद्युतीय सवारी साधना सञ्चालक कार्यक्रममा भौतिक पूर्वाधार र यातायात मन्त्री देवेन्द्र दाहालले नेपालमा इभी युगको सुरुवात भएको बताए । “हामीले अहिले सडक पूर्वाधारमा दिगो विकास, सुरक्षा र वातावरण मैत्री बनाउन ध्यान दिएका छौँ, ‘उनले भने, “अव बन्ने सडकको गुणस्तरमा कुनै कम्प्रमाइज गरिने छैन । कहीँ खाल्टाखुल्टी छन्, भने मलाई फोन गर्नु सक्नु हुन्छ ।’
सरकारले सञ्चालन गरेको साझा यातायात घाटामा गएको प्रति अबदेखि कमिटमेन्ट माग्न लागेको मन्त्री दाहाले खुलासा गरेँ । सधैँ घाटा जाने हो भने अर्को सिस्टममा जानु पर्ने उनले जिकिर गरेँ ।
“सार्वजनिक यातायात शतप्रतिशत निजी क्षेत्रले ओगटेको छ, त्यसको जिम्मेवारी बोध व्यवसायीले लिनु पर्नेछ,“मन्त्री दाहालले भने, “सवारी साधना बन्द गर्ने वातावरण नगरौँ, र बन्द जस्ता कुरा गर्दा विचार गर्न अनुरोध छ ।
इभी चलाउन छुट्टै लाइसेन्स !
वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका मन्त्री प्रेमभक्त महर्जनले यातायात क्षेत्रमा देखिएका समस्या कारण लगानी डुब्ने अवस्था नआउने बताए । “नीतिगत समस्या हामी छलफलमा रही रहेका छौ, कतिपय नीति संशोधन हुँदैछ,” उनले भने ।
प्रदेश मन्त्री महर्जनले इभी ड्राइभिङलाई थप व्यवस्थित गर्न इभी लाइसेन्सको प्रक्रिया थाल्न पर्ने औँल्याएका छन् । उनले भने, “इभि चलाउन कम्तीमा एक महिना ट्रायल पिरियड राखौँ । एक महिनासम्म इभी गाडीको बारेमा चालकलाई पूर्ण जानकारी दिने ओरियन्टसन गरेपछि इभी चलाउन अनुमति दिन पर्नेमा उनले जोड दिए ।
इभी चेरी कोच नेपाल भित्रिँदै
नेपालको भौगोलिक अवस्था अनुसारको गाडी सञ्चालन गर्न चेरी ग्रुपले अनुसन्धान गरेर ८.६५ साइजको स्पेसल डिजाइनको इभी बस नेपाली माक्र्रेटमा भित्र्याएको चेरी ग्रुपका डेभिड ली बताए ।
इभी कोच पनि छिट्टै नेपाली बजारमा भित्र्याइने जनाएको छ । चेरी ग्रुपले आफ्नो क्षेत्रमा ६७ वर्षको अनुभव छ ।
नेपालमा चेरीको आधिकारिक विक्रेता शशीला मोटर्सका महाप्रबन्धक अशोकराज सुवेदीले विक्री पछिको मर्मत सेवा पनि उत्कृष्ट दिने प्रतिबद्धता जनाए। उनले भने, “नेपाली भूगोलको अवस्था अनुसार हामीले ३५ सिटे विद्युतीय बस नेपालमा भित्र्याएका छौ, यो गुणस्तरीय तथा किफायती सहरी बस हुनेछ ।”
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगले स्वदेशमा उत्पादन गरेको बिजुली यही खपत हुन मद्दत हुने बताए । “पहिले मुस्ताङ जाने बाटो थिएन, अहिले बाटो पुगेर सुविधा भैसकेको छ,” उनले भने ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष विजयकुमार स्वाँरले साझा यातायात घाटा चलिरहेको अवस्थामा पनि निजी क्षेत्रले यसरी विद्युतीय बस सञ्चालनमा ल्याउने आट गरेको खुसी व्यक्त गरे।

“सरकारले रुट म्यानेज नगर्ने हो भने हामीबिच अस्वास्थ्य प्रतिस्पर्धा हुनेछ,” उनले भने, “कुल तेह्र खर्ब लगानी यातायात क्षेत्रमा भइसकेको अवस्थामा हामीबिच एकता हुन जरुरी छ । त्यसपछि व्यवसायीको लगानीको थप सुरक्षित हुनेछ ।”
अहिलेको गाडी १ करोड २७ लाख पर्नेछ । गाडी किन्नु भन्दा मेनटेन कस्ट बढी छ । कारण गाडी सहुलियतमा आउने तर त्यसको पार्टपुर्जा सहुलियतमा नहुँदा महँगो भएकोमा सरकारले त्यसमा ध्यान दिन पर्ने औँल्याए ।
महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले यातायात क्षेत्र व्यवसाय नभई सेवा भएको बताए । उनले विभिन्न चुनौतीको स्वीकार गरेर विद्युतीय बस सञ्चालनको जोखिम लिएको उल्लेख गरेँ ।
नेपाल सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा प्रोत्साहन गरेअनुसार विद्युतीय बस सञ्चालनमा ल्याएको महानगर यातायातको सचिव धर्मराज रिमालले बताए ।













