निजी साझेदार खोज्दै प्राधिकरण: चार ठूला प्रसारण लाइन निर्माणको तयारी, ३० दिनभित्र प्रस्ताव माग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निजी साझेदार खोज्दै प्राधिकरण: चार ठूला प्रसारण लाइन निर्माणको तयारी, ३० दिनभित्र प्रस्ताव माग



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा चार वटा ठूलो क्षमताका प्रसारण लाइन निर्माण गर्न निजी क्षेत्रबाट प्रस्ताव माग गरेको छ ।

प्राधिकरणले तिङ्ला–दूधकोसी–ढल्केबर, अरुण हब–इनरुवा, न्यु खिम्ती–ढल्केबर (तीनवटै ४०० केभी) र लप्सीफेदी–तीनपिप्ले (२२० केभी) प्रसारण लाइन निर्माणका लागि प्रस्ताव माग गरेको छ । इच्छुक फर्म तथा कम्पनीबाट ३० दिनभित्र आशयपत्र (ईओआई) पेस गर्न आह्वान गरेको हो ।

यी आयोजनाहरू बुट (निर्माण–स्वामित्व–सञ्चालन–हस्तान्तरण) मोडेलमा निर्माण हुनेछन्। लागत अनुमान अनुसार सबै आयोजनाको कुल लगानी करिब ३२ अर्ब रुपैयाँ हाराहारी पर्नेछ ।

प्राधिकरणले वार्षिक आम्दानी आवश्यकताको आधारमा प्रतिस्पर्धाबाट निर्माणकर्ता छनोट गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्