गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटायाे ४५ नयाँ अधिकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटायाे ४५ नयाँ अधिकृत



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा गृह मन्त्रालयले ४५ जना शाखा अधिकृतलाई खटाएको छ ।

हालै लोकसेवा आयोग पास गरी आएका शाखा अधिकृतहरूलाई मन्त्रालयले तीन दिने तालिम पश्चात आजदेखि विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो ।

विमानस्थलस्थित अध्यागमनको प्रमुखका रूपमा सुरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताका रूपमा काम गरिसकेका सहसचिव हुन् ।

केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । त्यसैगरी गृहमन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही सङ्ख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्