रु. ५० दरका नयाँ नोट छपाइको प्रक्रिया अघि बढ्यो, राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनका रु. ५० दरका नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।
राष्ट्र बैंकले कुल ८४ लाख थान नोट छपाइ गर्नुपर्ने भएकोले यसका लागि करिब ४२ करोड रुपैयाँ बराबरको अनुमानित लागत तय गरेको छ।
नयाँ नोटको डिजाइन, छपाई र ढुवानी सम्बन्धी सम्पूर्ण कार्यका लागि इच्छुक कम्पनीहरूलाई गोप्य बोलपत्र पेस गर्न सक्नेछन् ।
कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ सम्ममा बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र दस्तुर तोकिएको रकमअनुसार नेपाली रुपैयाँमा रु.२० हजार वा विदेशी मुद्रामा ४१४६ अमेरिकी डलर, १२६ युरो, वा १०९ पाउन्ड स्टेर्लिङ तिर्नुपर्ने छ ।













