प्रतिताेला ११०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?
काडमाडौं । आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलमा ११०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रूपैयाँ निर्धारण भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७०० रूपैयाँमा किनबेच भएको थियो ।
यता चाँदीको मूल्य पनि तोलामा ५० रूपैयाँले घटेको छ । शुक्रबार प्रतितोला २ हजार ३४० रूपैयाँमा खरिद बिक्रि भएको चाँदीको मूल्य यस दिन २ हजार २९० रूपैयाँ तोकएको छ ।













