शतप्रतिशत बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, १६.०९ प्रतिशत लाभांश दिन सक्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शतप्रतिशत बढ्यो इन्फिनिटी लघुवित्तको नाफा, १६.०९ प्रतिशत लाभांश दिन सक्ने



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नाफा शतप्रतिशत वृद्धि भएको छ । एक वर्षमा कम्पनीले झन्डै साढे ९ करोड रुपैयाँ नाफा गरेको छ ।

कम्पनीले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीको खुद नाफा १०४.७१ प्रतिशत बढेर ९ करोड ३७ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा कम्पनीले ४ करोड ५७ लाख ९८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी पनि ३९.६४ प्रतिशत बढेर ४० करोड ४९ लाख रुपैयाँ कायम भएको छ । यता, संचालन नाफा पनि १७०.७७ प्रतिशत वृद्धि भई १३ करोड ४९ लख रुपैयाँ पुगेको छ ।

यस्तै, वितरणयोग्य नाफा भने ८ करोड ३२ हजार रुपैयाँ कायम भएको छ । गत आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई १६.०९ प्रतिशत लाभांश दिन सक्ने सामार्थय बनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड ७४ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने २८ करोड १८ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि पनि दोब्बर बढेको छ । अघिल्लो आवमा ९.६४ रुपैयाँ रहेको यस्तो आम्दानी गत आवमा भने १८.८५ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ कायम भएको छ ।

कम्पनीले खराब कर्जा पनि २.७६ प्रतिशत घटाएको छ । गत आवमा कम्पनीको यस्तो कर्जाको ७.४३ प्रतिशत कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको निक्षेप १८.३६ प्रतिशत बढेर ५ अर्ब ३६ करोड १३ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा प्रवाह पनि १२.५३ प्रतिशत बढेर ५ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्