२४ भदौ २०८३, बुधबार

दोस्रो संस्करणको ‘ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प’ आजदेखि सुरु



काठमाडौं । नेपालका लागि आधिकारिक ट्रायम्फ मोटरसाइकल वितरक हंसराज हुंलासचन्द एण्ड कम्पनी प्रालिद्वारा आयोजित दोस्रो संस्करणको “ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प” आजदेखि बाइकरस क्याफे, नक्साल, काठमाडौंमा सुरु भएको छ ।

यो विशेष ५–दिने क्याम्प साउन ११ देखि १५ गतेसम्म (जुलाई २७–३१, २०२५) चल्नेछ । क्याम्पमा सबै ब्रान्डका मोटरसाइकलधारी ग्राहकहरूलाई आफ्ना पुराना बाइक तथा स्कूटर सहज रूपमा एक्सचेन्ज गरी ट्रायम्फ जस्तो विश्वप्रसिद्ध प्रिमियम मोटरसाइकलमा अपग्रेड गर्ने अवसर दिइएको छ ।

एक्सचेन्ज क्याम्पमा समेटिएको विशेष सुविधाहरूमा स्पट एक्सचेन्ज अफरः जुनसुकै ब्रान्डको मोटरसाइकल तुरुन्तै एक्सचेन्ज गर्न सकिने व्यवस्था ।

उत्तम मूल्यांकन ग्यारेन्टीः पुराना बाइकको बजारमा पाउन सकिने सबैभन्दा राम्रो मूल्य ।

सहज फाइनान्सिङ विकल्पः न्यून डाउनपेमेन्ट र सस्तो इएमआइ मार्फत प्रिमियम बाइक किन्ने सुविधा ।

टेस्ट राइड अनुभवः खरिद गर्नु अघि ट्रायम्फ मोटरसाइकलको टेस्ट राइडको अनुभव गर्न सकिने मौका रहेका छन् ।

ट्रायम्फको उत्कृष्ट इन्जिनियरिङ्र स्टाइल मनपराउनुहुनेहरुका लागि यो एक्सचेन्ज क्याम्प ट्रायम्फ मोटरसाइकलमा अपग्रेड गर्ने सबैभन्दा उपयुक्त अवसर हो।

गत बैशाखमा सम्पन्न पहिलो चरणको एक्सचेन्ज क्याम्प अत्यन्त सफल भएको थियो। अब पुनः दोस्रो चरणमार्फत ट्रायम्फ नेपालले ग्राहकहरूलाई सहज, भरपर्दो र मूल्यमा मोटरसाइकल अपग्रेड गर्ने अवसर प्रदान गर्दैछ ।

यस पटकको प्रतिक्रिया साँच्चै उत्साहजनक रहेकाे ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बताए ।

“ट्रायम्फमा स्विच गर्न उत्साहित र जिज्ञासु राइडरहरू निरन्तर रूपमा शोरूममा आइरहेका छन् । राइडिङ समुदायबाट यति प्रामाणिक चासो देख्न पाउँदा साँच्चै खुशी लागिरहेको छ । यो एक्सचेन्ज क्याम्पले ग्राहकवर्गलाई प्रिमियम मोटरसाइकलिङतर्फ अगाडि बढ्न प्रेरणा दिइरहेको छ र त्यस यात्राको हिस्साबन्न पाउँदा हामी गर्व महसुस गर्छौं” उनले भने ।

ट्रायम्फले नेपालमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै लगेका बेला, यस्ता ग्राहक–केंद्रित अभियानहरू आगामी दिनमा पनि निरन्तर चलाइने कम्पनीको योजना छ ।