सर्वोच्चको मुख्य रजिष्ट्रारमा पौडेल
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । न्याय सेवा आयोगको सोमबार बिहान बसेको बैठकले पौडेललाई मुख्य रजिष्ट्रार बनाउने निर्णय गरेको हो ।
पूर्व मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारबाट अनिवार्य अवकाशमा गएपछि उक्त पद खाली भएको थियो ।
२०७४ साल असार यता सर्वोच्च अदालतमा मुख्यसचिव सरहको दर्जामा मुख्य रजिष्ट्रारको व्यवस्था गरिएको हो । पौडेल यसअघि सर्वोच्चमै रजिष्ट्रारको जिम्मेवारी सम्हाल्दै आएका थि ।















