१५ कार्तिक २०८३, आइतबार

ओझाको रिट आज पनि हेर्न नभ्याइनेमा



काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले गरेको निलम्बनविरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीश अब्दुल अजिज मुशलमान र मनोजकुमार शर्माको इजलासले सोमबारको सुनुवाइ स्थगित गरेको हो ।

ओझाले आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज र निलम्बन फुकुवाको माग गर्दै रिट दायर गरेका थिए ।

सरकारले असार ३० गते उनको आचरण र कार्यक्षमता विषयमा छानबिन समिति गठन गरेको थियो, जसपछि ओझा निलम्बित भएका थिए । उनी गत फागुनमा अध्यक्ष नियुक्त गरेको थियो ।