७ श्रावण २०८३, बिहिबार

सुनको मूल्यमा गिरावट, चाँदीको बढ्यो



काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ६०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको भाउ १ लाख ९३ हजार रुपैयाँ तोकिएको छ । जबकि, सोमबार १ लाख ९३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

साताको तेस्रो कारोबा दिन चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । चाँदी तोलामा ५ रुपैयाँ बढेर २ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार भने नेपाली बजारमा प्रतितोला २ हजार २९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्