१२ करोड ठगीका अभियुक्त पक्राउ, सहकारी ऐनमा कारवाही
काठमाडौं । सहकारी ऐनअन्तर्गत ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप खाँडादेवी गाउँपालिका–५ का ४२ वर्षीय सविन उप्रेतीलाई पक्राउ गरेको हो । उनी भक्तपुर दधिकोटबाट पक्राउ परेका हुन् ।
उनलाई १२ करोड २ लाख ३४० रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरी जनाएको छ ।















