साढे १० लाख बिगो पर्ने बैंकिङ कसूर मुद्दामा फरार सापकोटा पक्राउ
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्तो मुद्दामा फरार लक्ष्मी प्रसाद सापकोटालाई पक्राउ गरेको हो ।
सापकोटा सुर्खेत लेकवेशी नगरपालिका १ स्थायी घर भई हाल काठमाडौंको बुढानिलकण्ठ ६ मा बस्र्दै आएका थिए ।
३७ वर्षीय सापकोटा काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका थिए । तर, गत सोमबार प्रहरीले उनलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाएको छ ।
जिल्लाप्रहरी परिसर भद्रकाली काठमाडौंबाट बिगो १० लाख ५० हजार भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।















