१५ कार्तिक २०८३, आइतबार

बैंकिङ कसूर मुद्दा : १५ लाख बिगो, १५ लाख जरिवाना र कैद सजाय पाएका लामा काठमाडौंमा समातिए



काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार रहेका ३३ वर्षीय सुकराम लामा तामाङलाई प्रहरीले काठमाडौंको गौशालाबाट पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ स्थायी घर भई हाल स्वयम्भू बसोबास गर्दै आएका लामा उच्च अदालत पाटनको २०८० असार १ गतेको फैसला अनुसार १५ लाख रुपैयाँ बिगो भरपाई, १५ लाख जरिवाना, ५ दिन कैद र ६० हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय पाएर फरार थिए ।

उनीमाथि प्रहरी वृत्त महाराजगञ्जमा ५ लाख र २ लाख ९० हजार तथा भक्तपुर प्रहरी परिसरमा ९ लाख रुपैयाँ बिगो भएका छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दाहरूमा समेत फरार रहेको अनुसन्धानबाट खुलेको छ ।

उनलाई अदालतको फैसलानुसार कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।