१५ कार्तिक २०८३, आइतबार

बालुवाखानी भ्रष्टाचार : दोषी भनिएकाहरूको सर्वोच्चमा पुनरावलोकन निवेदन



काठमाडौं । पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवाखानी जग्गा प्रकरणमा करिब डेढ दशकपछि दोषी ठहर भएका व्यक्तिहरूले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुँइकेल, स्थानीय विकास अधिकारीहरू गोपाल पराजुली, प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र योजना अधिकृत भिष्मकुमार मल्लले दोषी ठहर गर्ने फैसलामा त्रुटि भएको भन्दै पुनरावलोकन माग गरेका हुन् ।

सर्वोच्च अदालतले ती निवेदनहरूको अध्ययनका लागि बिहीबार पेशी तोकेको छ। न्यायाधीश सपना प्रधान मल्ल, विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले पुनरावलोकन सुनुवाइ अघि बढ्ने नबढ्ने भन्ने निर्णय गर्नेछ।

यसअघि ३० माघ, २०८१ मा सर्वोच्चले उनीहरूलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।