२५ प्रतिशत ओभरसब्स्क्राइब भएको सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२५ प्रतिशत ओभरसब्स्क्राइब भएको सिटिजन्स सदाबहार योजनाको इकाई बाँडफाँड



काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको सिटिजन्स सदाबहार योजना को इकाई निष्काशन सम्पन्न भएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो योजना २०८२ आषाढ १३ गतेदेखि २७ गतेसम्म सार्वजनिक निष्काशनमा ल्याइएको थियो।

उक्त निष्काशनमा अपेक्षाभन्दा २५ प्रतिशत बढी माग प्राप्त भएको छ। यसरी यो योजना नेपालकै पहिलो २५ प्रतिशत ओभरसब्स्क्राइब भएको खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको हो।

बाँडफाँड प्रक्रिया २०८२ श्रावण १५ गते सिटिजन्स क्यापिटल लिमिटेडको कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पन्न भयो।बाँडफाँडको नतिजा www.citizenscapital.com.npwww.iporesult.cdsc.com.np मा हेर्न सकिने कम्पनीले जनाउकाे छ।

योजना व्यवस्थापकले लगानीकर्ता, आश्वा सदस्य बैंक/वित्तीय संस्था, नियामक निकाय र अन्य सरोकारवालालाई सहयोगको लागि आभार व्यक्त गरेको छ।

सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्ड सेवामा नयाँ आयाम थप्दै आइरहेको छ। संस्थामा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र सीईओ सबिर बादे श्रेष्ठ छन्।

यो कम्पनी सिटिजन्स बैंकको सहायक संस्था हो। यसको कार्यालय डिल्लीबजार, काठमाडौंमा रहेको छ।

काठमाडौं बाहिरका लगानीकर्ताका लागि सिटिजन्स बैंकका सबै शाखाबाट पोर्टफोलियो व्यवस्थापन सेवा उपलब्ध गराइएको छ।


प्रतिक्रिया दिनुहोस्