नोक्सानीबाट नाफामा फर्कियो सिंगटी हाइड्रो, ७ गुणाले बढ्यो आम्दानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नोक्सानीबाट नाफामा फर्कियो सिंगटी हाइड्रो, ७ गुणाले बढ्यो आम्दानी



काठमाडौं । गत आर्थिक वर्षमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, अघिल्लो आर्थिक वर्षमा नोक्सानीमा रहेको कम्पनी गत आर्थिक वर्षमा १४ करोड ९९ लाख ९८ हजार रुपैयाँ नाफामा पुगेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ९२ लाख ५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७२७.९१ प्रतिशत बढेर ६८ करोड ७१ लाख ९८ हजार रुपैयाँ पुगेको छ। बिक्री आम्दानीमा उल्लेखनीय वृद्धि भएपछि कम्पनी नोक्सानीबाट नाफामा उक्लन सफल भएको हो।

यसै अवधिमा सञ्चालन आम्दानी ७६०.६५ प्रतिशत ले बढेर ६७ करोड ५ लाख २२ हजार रुपैयाँ पुगेको छ भने अन्य आम्दानी ९२०.४६ प्रतिशत ले वृद्धि भएर ६६ लाख ८४ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको कुल खर्च पनि बढेको छ। समीक्षा अवधिमा कुल खर्च २५६.७८ प्रतिशत ले वृद्धि भएर ५२ करोड ७२ लाख ८ हजार रुपैयाँ पुगेको हो।

असार मसान्तसम्ममा सिंगटीको प्रति शेयर आम्दानी ९भ्एक्० ५ रुपैयाँ १७ पैसा पुगेको छ। त्यस्तै, प्रति शेयर नेटवर्थ १०९ रुपैयाँ ५३ पैसा रहेको छ भने मूल्य(आम्दानी अनुपात ५५.७५ गुणा पुगेको छ।


प्रतिक्रिया दिनुहोस्