१५ कार्तिक २०८३, आइतबार

कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको लागि आज साँझ ५ बजे बैठक बस्नेछ ।

हिजो (आइतबार) नतिजा प्रणालीको परीक्षण (डेमो) गरिएको र सबै प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी बोर्डले दिएको छ ।

सामान्यतया १५ साउनभित्र नतिजा आउने समयसारणी भए पनि यसपटक चैतमा भएको शिक्षक आन्दोलनका कारण सार्वजनिक गर्न केही ढिलाइ भएको हो । परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो । कुल ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।