१५ कार्तिक २०८३, आइतबार

बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु, दाबी गर्न भोलिसम्म समय




हेटौंडा । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएका हुन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार संविधानको धारा ६८ को उपधारा (२) अनुसार बहुमत दाबी गर्न सक्ने प्रदेशसभा सदस्यले भोलि (मंगलबार) दिउँसो २ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न सक्नेछन् ।

मुख्यमन्त्री लामा साउन १८ गतेबाट लागू हुनेगरी आज स्वकीय सचिवमार्फत राजीनामा बुझाएका थिए । अब प्रदेशसभामा बहुमतको समर्थन प्राप्त हुने दाबीका साथ नयाँ नेतृत्व चयन हुने प्रक्रिया अगाडि बढेको हो ।