७८ लाख बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ
काठमाडौं । ७८ लाख रुपैयाँ भन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
काठमाडौंको कलंकीबाट सुशान्त दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले ७८ लाख ३० हजार ३८८ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेका थिए ।
उनलाई क्रिप्टो कारोबारसम्बन्धी प्रचलित कानुनविपरीतको गतिविधिमा संलग्न भएको भन्दै नियन्त्रणमा लिइएको हो । दाहालमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।















