१५ कार्तिक २०८३, आइतबार

बैंकिङ कसुर मुद्दा: दुर्गा प्रसाईं २५ लाख धरौटीमा रिहा



काठमाडौँ । विवादास्पद डिकल व्यवसायी दुर्गा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुरसम्बन्धी १८ करोड ४४ लाख रुपैयाँको कर्जा अपचलन मुद्दामा थुनछेक बहसपछि सोमबार आदेश दिएको हो।