करिब २३ प्रतिशतले बढ्यो मन्दाकिनी हाइड्रोपावरको नाफा, विद्युत बिक्री आम्दानी १० करोड ९१ लाख - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

करिब २३ प्रतिशतले बढ्यो मन्दाकिनी हाइड्रोपावरको नाफा, विद्युत बिक्री आम्दानी १० करोड ९१ लाख



काठमाडौं । गत आर्थिक वर्षमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार एक वर्षमा मन्दाकिनी हाइड्रोपावरले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.५१ प्रतिशत बढेर १० करोड ९१ लाख ७६ हजार परगेको छ भने सञ्चालन मुनाफा ४.४१ प्रतिशत बढेर ९ करोड ६० लाख २९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै समिक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी २५।२५ प्रतिशतले बढेर ८८ लाख ७९ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च भने १८।६५ प्रतिशतले घटेर २ करोड २७ लाख २२ हजार रुपैयाँमा झरेको छ।

कम्पनीको वार्षिक आम्दानी अनुसार प्रतिकित्ता आम्दानी ९इपीएस० ६ रुपैयाँ १७ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको ५ रुपैयाँ २७ पैसाको तुलनामा ०।९० रुपैयाँले बढी हो। त्यस्तै, प्रतिकित्ता नेटवर्थ १०७ रुपैयाँ १३ पैसा रहेको छ भने कम्पनीको पीरई अनुपात ९७.६३ रहेको छ।


प्रतिक्रिया दिनुहोस्