नाडा अटो शोमा नेपाली अटो क्षेत्रको वास्तविक वजन देखिनेछ : अध्यक्ष चौधरी
प्रविधि, संस्कृति र भविष्यको अटो संसार एकै ठाउँमा
काठमाडौं । नाडा अटोमोबाइल्स अफ एसोसिएसन नेपाल (नाडा) अध्यक्ष करण चौधरीले नेपाली अटो क्षेत्रको वजन देखाउन चाहेको बताए ।
मंगलबार राजधनीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले यस्तो बताएका हुन् । यो वर्षको नाडा अटो शो–२०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा प्रदर्शनी स्थलमा आयोजना हुँदैछ ।
त्यसकै तयारी लगायतका बारेमा जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले भने,‘ नाडा अटो शो २०२५ प्रविधि, संस्कृति र अटोमोबाइलको नवीन संयोजन हुनेछ ।’
नेपालमा अहिलेसम्मकै एतिहासिक अटो शो गर्न लागिएको अध्यक्ष चौधरीले बताए । अटो शोबाट मोबिलिटी, भविष्य, प्रविधि व्यासाय केहो भनेर आभाष दिलाउन चाहेको उनको भनाई छ ।
‘नाडा प्रदर्शनी मात्र होइन, अटो व्यवसायीहरुको चाड हो । हामीले हेरक वर्ष निकै हर्षउल्लासका साथ मनाउने गरेका छौं’, उनले भने, ‘यो पालिकाको नाडा अटो शो के हो धेरैको प्रश्न मैले सुन्दै आएको छु । यसालिकाको शो नाडाले चाडको साथमा दुरदर्शी सोचलाई आत्मसाथ गर्ने क्षण हो । गत वर्ष पनि मैले नाडाबाट अटो मोबाइल क्षेत्रको वजन देखाउन चाहान्छु भनेको थिए । अटो शोबाट मोबिलिटी, भविष्य र प्रविधि केहो भनेर आभाष दिलाउन चाहान्छु । यसपालिको अटो शो वास्तविक फिल गराउन चाहान्छु ।’
उनका अनुसार यसपालिको अटो शोमा मोबिलिटी अटो के हो ? आगामी भविष्य कस्तो बनाउने, कसरी अंगाल्ने भन्ने विषय महशुस हुने बताए । ‘यसअघिका यस वर्षको नाडा अटो शोमा आमूल परिवर्तन र प्रविधिकको प्रयोग देख्न पाइनेछ’, उनले भने, यो देशले इलेक्ट्रिफेक्शनलाई यति छिटो र मजबुतीका साथ अंगाल्छ भनेर कसैले परिकल्पना गरेका थिएन । यसपालिको अटो शो पनि भिन्न गर्न खोजिएको छ । प्रविधि, संस्कृती र अटोमोबाइलको आगामी भविष्यसहित नयाँ शैलीमा प्रदर्शनी हुनेछ ।’
उनले नेपालको अहिलेसम्कमै सबैभन्दा ठुलो अटो शो हुने दावी गरे । उनका अनुसार ३ लाख वर्गफुट क्षेत्रपलल र १ लाख ६२ हजार वर्गफुट प्रदर्शनी क्षेत्रसहितको शो गर्न लागिएको हो ।
उनले भने,‘यो पालि नाडा अटो शो केबल प्रदशर्न मात्र नभई नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीमा फोकस हुन्छौं । प्रदर्शनीमा १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको बताए ।













