नक्सालमा चेतकको पहिलो शोरूम-स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन उद्घाटन
काठमाडौं । बजाज अटो लिमिटेडले नेपालमा बजाज टु व्हिलर सवारी साधनहरूको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँगको सहकार्यमा काठमाडौंको नक्सालमा नेपालको चेतकको पहिलो शोरूम (स्टेट(अफ(द(आर्ट एक्सपेरियन्स जोनको औपचारिक उद्घाटन गरेको छ।
शोरूमको उद्घाटन साउन २० मा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा तथा कम्पनीका वरिष्ठ अधिकारीहरू र बजाज अटोका प्रतिनिधिहरूद्वारा सम्पन्न भएको हो।
१,८०० वर्गफुटमा फैलिएको यो स्टेट-अफ-द-आर्ट एक्सपेरियन्स जोन एकै छानामुनि समग्र ईभी अनुभव प्रदान गर्ने गरी तयार गरिएको हो, जसअन्तर्गत शोरूममै टेस्ट राइड र तुरुन्तै बुकिङ सुविधा, नक्साल शोरूममै रहेको चेतक-विशेष सर्भिस सेन्टर, अन्तरक्रियात्मक उत्पादन प्रदर्शन र ईभी विशेषज्ञहरूसँग परामर्श, लाइभ चार्जिङ डेमो र लाइफस्टाइलबाट प्रेरित मिनिमलिस्ट डिजाइन, वातावरणअनुकूल लाइटिंग र डिजिटल इन्टरफेस रहेका छन् ।
यो एक्सपेरियन्स जोनले चेतक ब्रान्डको नवप्रवर्तन मात्र होइन, सोही स्थानमै सुलभ रूपमा उपलब्ध सर्भिस सेन्टरमार्फत बिक्रीपछि पनि उत्कृष्ट सेवा सुनिश्चित गर्दछ। चेतक ब्रान्डको प्रिमियमनेसलाई झल्काउने यो जोनले नेपालमा गतिशीलताको लागि उपभोक्ता सम्पर्क बिन्दुहरू बढाउने दिशामा एक साहसिक कदम हो।
उद्घाटन समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यो विशेष शोरूम हाम्रो ग्राहकहरूको लागि विद्युतीय सवारी साधनलाई सुलभ, सहज र प्रभावकारी बनाउन गरिएको प्रतिबद्धताको प्रतिविम्ब भएको बताए ।
उनले भने, हामी चाहन्छौं, यहाँ आउनुहुने हरेक व्यक्तिले चेतक ईभीको समय सापेक्ष डिजाइन, भरपर्दो प्रदर्शन, र दिगो भविष्यप्रतिको वाचा महसुस गर्न सकून्।
उद्घाटन कार्यक्रममा ईभीप्रेमी, ग्राहक, र मिडिया प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो, जसले बजाजको शहरी यात्राका लागि तयार पारिएको नयाँ विद्युतीय स्कूटर चेतक ३५०१ अनुभव गर्न उत्सुक थिए।
यो अत्याधुनिक एक्सपेरियन्स जोनको उद्घाटनले नेपालभर दिगो र स्मार्ट विद्युतीय सवारी साधन अपनाउने कार्यलाई तीव्र बनाउने बजाज अटोको दृष्टिकोणलाई थप बल पुगेको छ। प्रिमियम टचप्वाइन्ट र भविष्यमुखी उत्पादन अनुभवमार्फत चेतक ब्रान्ड अब नेपालको शहरी यात्राको नेतृत्व गर्न तयार छ।
चेतक ३५०१ ले क्लासिक रेट्रो डिजाइनलाई अत्याधुनिक विद्युतीय प्रविधिसँग जोडेर एक नयाँ स्तरको अनुभव प्रदान गरेको छ। यसको प्रमुख विशेषताहरूमा एआरएआइ प्रमाणित १५३ किमीको रेन्ज, सबै मौसममा भरपर्दो आइपी ६७ प्रमाणित फुल-मेटल बडी, ५ इन्चको स्मार्ट टीएफटी टचस्क्रिनमा नेभिगेसन, फोन कल र म्युजिक कन्ट्रोल सुविधा समावेश छन्। साथै, की-लेस एक्सेस, रिमोट इम्मोबिलाइजेसन, एन्टि-थेफ्ट अलर्ट र दुर्घटना पहिचान जस्ता सुरक्षा सुविधाहरू उपलब्ध छन्।
टू-व्हीलर ईभी सेग्मेन्टमा सबैभन्दा ठूलो ३५ लिटरको अन्डरसिट स्टोरेज र ३ घण्टाभित्र ०–८० प्रतिशत चार्ज गर्ने क्षमता समेत यसका उत्कृष्ट विशेषतामा पर्दछन्।












