अरुण–३ जलविद्युत् परियोजनाका लागि पिआरपी गठन गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अरुण–३ जलविद्युत् परियोजनाका लागि पिआरपी गठन गर्ने



काठमाडौं । सरकारले अरुण–३ जलविद्युत् परियोजना विकासमा सहजीकरण गर्न परियोजना पुनरावलोकन समिति (पिआरपी) गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा विकासकर्ता कम्पनी र नेपाल सरकार (लगानी बोर्ड) बीचको परियोजना विकास सम्झौता कार्यान्वयनका लागि यस्तो निर्णय गरिएको हो ।

गत आइतबार (साउन १८ गते) बसेको मन्त्रिपरिषदको बैठकले पिआरपीमा डा. पवन कुमार श्रेष्ठ, डा. पवन कुमार भट्टराई र डा. गणेश प्रसाद न्यौपानेलाई विपक्षीय सदस्यका रूपमा राख्ने भएको छ ।

पिआरपी सम्झौतालाई स्वीकृति दिँदै उक्त सम्झौतामा सरकारको तर्फबाट हस्ताक्षर गर्ने अधिकार लगानी बोर्डका सीइओलाई प्रदान गर्ने निर्णय भएको छ।

अरुण–३ नेपालमा निर्माणाधीन ठूला जलविद्युत् आयोजनामध्ये एक हो । यसमा भारत सरकारको लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्