सरकारी जग्गामा चन्द्रागिरिका दुई वटा वडामा कार्यालय बन्ने, तीन–तीन रोपनी जग्गा उपयोग गर्न स्वीकृति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारी जग्गामा चन्द्रागिरिका दुई वटा वडामा कार्यालय बन्ने, तीन–तीन रोपनी जग्गा उपयोग गर्न स्वीकृति



काठमाडौं । सरकारले चन्द्रागिरि नगरपालिकाका दुई वडा कार्यालयका प्रशासनिक भवन निर्माणका लागि सरकारी स्वामित्वमा रहेको जग्गा उपयोग गर्न स्वीकृति दिएको छ ।

साउन १८ गते आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा काठमाडौँ जिल्लाको साविक थानकोट महादेवस्थान गाविस– ८ ख स्थित तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका–७ को वडा कार्यालयका लागि र वडा नं. २ख स्थित तीन रोपनी जग्गा चन्द्रागिरि नगरपालिका–५ को वडा कार्यालय निर्माणका लागि प्रयोग गर्न स्वीकृति दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्