सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कमायो ७१ करोड ३१ लाख नाफा, व्यवसाय भित्र्याउन एग्रेशिभ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले कमायो ७१ करोड ३१ लाख नाफा, व्यवसाय भित्र्याउन एग्रेशिभ



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड झन्डै साढे ७१ करोड रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ७१ करोड ३१ लाख ८० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने ३.६३ प्रतिशत धेरै हो । अघिल्लो आवको चौंथो त्रैमासमा पनि कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ११.५८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ८४ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । तर, गत आवमा आइपुग्दा भने बढेर २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ कायम भएको छ ।

गत आवमा कम्पनीले १ अर्ब १३ करोड ४९ लाख रुपैयाँ खुद दावी भुक्तानी दिएको छ । जबकि, अघिल्लो आवमा भने यस्तो दावी भुक्तानी २ अर्ब १६ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल आम्दानी २.०६ प्रतिशत बढेर ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । कुल खर्च भने ३.३६ प्रतिशत घटेर २ अर्ब ८ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २५.४१ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ भने २७४.५६ रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा २ अर्ब ५० करोड र महाविपत्ति कोषमा २द्द रकोड ४३ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्