शिवम् सिमेन्टको व्यापार ७ अर्ब ७६ करोड, तीन गुणा बढ्यो नाफा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शिवम् सिमेन्टको व्यापार ७ अर्ब ७६ करोड, तीन गुणा बढ्यो नाफा



काठमाडौं । शिवम् सिमेन्टको नाफा तीन गुणा बढेको छ । कम्पनीले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरवणले यस्तो देखाएको हो ।

कम्पनीले गत आवमा ७९ करोड ४१ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा भने २०५.८५ प्रतिशत अर्थात् ३.०५ गुणा बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफामा उछाल आएपनि व्यापार भने सामान्य बढेको देखिन्छ । अघिल्लो आवमा कम्पनीले ७ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । गत आवमा भने बैंकको व्यापार ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको अन्य आम्दानी पनि ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँ र कुल खर्च १.६६ प्रतिशत घटाएर ९४ करोड ६ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि ९.३९ रुपैयाँ बढेर १४.५५ रुपैयाँ कायम भएको छ । यता, प्रतिसेयर नेटवर्थ भने १८८.५७ रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने कम्पनीले ४ अर्ब ८३ करोड २९ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्