जीवन बीमकको नाफा ६ अर्ब: नेपाल लाइफको पछिपछि आइएमई र रिलायवल, कसको बढ्यो–कसको घट्यो ?
काठमाडौं । ठुला जीवन बीमा कम्पनीहरुले ६ अर्ब बढी नाफा कमाएका छन् । कम्पनीहरुले हालै प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत वर्ष कम्पनीहरुले ६ अर्ब २ करोड ४७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यद्यपि, यो नाफा अघिल्लो वर्षको तुलनामा भने १६ प्रतिशत कमी हो । अघिल्लो वर्षमा ती कम्पनीहरुले ७ अर्ब १७ करोड ३५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
अधिकांश जीवन बीमा कम्पनीको नाफामा गिरावट देखिएको छ । गत वर्ष ८ वटा कम्पनीको नाफा घटेको छ । बाँकी ६ वटा कम्पनीको मात्रै वृद्धि भएको देखिन्छ ।
व्यावसायमा एकछत्र राज गरेको नेपाल लाइफ नै सर्वाधिक नाफा कमाउने कम्पनी बनेको छ । कम्पनीले गत वर्ष ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १७.३७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष पनि कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफामा आइएमई लाइफ पनि दोस्रो सूचीमा छ । यो रकमको आधारमा हो । कम्पनीले गत वर्ष ५८ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, अघिल्लो वर्षको तुलनामा भने ५.५४ प्रतिशत कम हो ।
तेसो सूचीमा रहेको रिलायवल नेपाल लाइफले ५७ करोड १ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा ४७.२५ प्रतिशत छ । नाफा वृद्धिदरका आधारमा भने कम्पनी पहिलो सूचीमा छ ।
गत वर्ष हिमालयन लाइफले पनि ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । यता, सन नेपाल लाइफले ५४ करोड २४ लाख, मेट लाइफले ४९ करोड ६१ लाख, सिटिजनले ४२ करोड ५० लाख, नेशनलले ४१ करोड २८ लाख र एशियन लाइफले ४० करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यता, सानिमा रिलायन्स लाइफले ३७ करोड ७४ लाख, प्रभू महालक्ष्मीले ३७ करोड ७ लाख, सूर्यज्योतिले ३५ करोड २ लाख, एआइसी नेपालले ३१ करोड ५८ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफा वृद्धिदरमा रिलायवल नेपालपछि एशियन लाइफ अगाडि छ । अघिल्लो वर्षको तुलनामा एलआइसीको नाफा ६१.९२ प्रतिशत, नेशनलको ५६.२२ प्रतिशत, मेट लाइफको ४०.०७ प्रतिशत घटेको छ । यता, राष्ट्रिय जीवन बीमाको १६ प्रतिशत, हिमालयन लाइफको १३.७६१ प्रतिशत र सन नेपाल लाइफको ५.६५ प्रतिशत नाफा घटेको छ ।
कसले कति कमाए ?














