रिलायबल नेपाल लाइफको वित्तीय छलाङः बीमा कोष १३ अर्बमाथि, कस्ता छन् अन्य सूचक ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

रिलायबल नेपाल लाइफको वित्तीय छलाङः बीमा कोष १३ अर्बमाथि, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं। गत आर्थिक वर्ष २०८१/८२ मा रिलायबल नेपाल लाइफले ५७ करोड १ लाख ९५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

कम्पनीले सार्वजनिक गत आवको चौथो त्रैमासिक वित्तिय विवरणले अघिल्लाे आवको तुलनामा कम्पनीकाे नाफा ४७.२५ प्रतिशत बढेकाे देखाएकाे हाे । अघिल्लो आर्थिक वर्ष कम्पनीले ३८ करोड ७२ लाख १७ हजार मुनाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको खुद बीमा शुल्क आम्दानी ३१.८२ प्रतिशतले बढेर ५ अर्ब ३ करोड २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २९.८५ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५ अर्ब २५ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार ३६.४५ प्रतिशतले बढेर १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने ।गत वर्ष कम्पनीले आफ्ना अभिकर्तामा ५३ करोड ६२ लाख रुपैयाँ खर्चिएको वित्तीय विवरणले देखाएको छ।

यसैगरी समिक्षा अवधिमा कम्पनीकाे प्रतिसेयर आम्दानी १०.९७ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १४७.४७ रूपैयाँ रहेकाे छ।

त्यस्तै ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६९ कराेड ४५ लाख रुपैयाँ सञ्चिति गरेको छ भने  महाविपत्ति कोषमा १६ कराेड १३ लाख रूपैयाँ राखेकाे छ ।


प्रतिक्रिया दिनुहोस्