मोरङ उद्योग व्यापार संघद्वारा झापाका विभिन्न उद्योग संघहरूकाे भ्रमण तथा भेटघाट
काठमाडाैं । मोरङ उद्योग व्यापार संघको टोलीले र झापा जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण तथा भेटघाट गरेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको टोलीले झापा जिल्लास्थित झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, विर्तामोड उद्योग वाणिज्य संघ र शिवशताक्षी उद्योग वाणिज्य संघमा भ्रमण गरी भेटघाट गरेको हाे ।
भ्रमणका क्रममा संघका अध्यक्ष राठीले सम्बन्धित संघका अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिसँग भेटेर उद्योग वाणिज्य संघहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने र उद्योग तथा व्यवसाय क्षेत्रका साझा समस्या समाधान गर्न ऐक्यबद्ध भएर अघि बढ्ने उद्देश्य राखिएको बताए। साथै, समसामयिक विषयमा समेत छलफल गरिएको थियो।
टोलीमा संघका अध्यक्ष अनुपम राठी, निवर्तमान अध्यक्ष नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, प्रवक्ता दिपेश सुवेदी, आमन्त्रित सदस्य डा। दिपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीको सहभागिता रहेको थियो।













