साउनमा सवा २४ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी कृषिमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साउनमा सवा २४ अर्ब रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा बढी कृषिमा



काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा करिव सवा २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ ।

साउनमा विभिन्न १२७ परियोजनामा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

सबैभन्दा धेरै कृषि परियोजनाका लागि वैदेशिक लगानीको प्रतिवद्धता प्राप्त भएको विभागको तथ्यांक छ । यस अवधिमा कृषिका ३ परियोजनाका लागि २० अर्ब ४ करोड रुपैयाँ बराबरको लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

यस्तै उर्जामुलक १ परियोजनाका लागि १८ करोड ४२ लाख, उत्पादनमुलुक ३ परियोजनाका लागि १५ करोड ५० लाख, पर्यटनका ४१ परियोजनाका लागि तीन अर्ब २ करोड, सेवामूलक ८ परियोजनाका लागि ३३ करोड ५० लाख र सूचना प्रविधिका ७१ उद्योगका लागि ३६ करोड ५२ लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ ।

विभागमा प्राप्त भएको प्रतिवद्धतामध्ये ७३ करोड ७ लाख रुपैयाँको ८१ वटा परियोजनाका लागि अटोमेटिक रुटबाट प्रतिबद्धता प्राप्त भएको छ । बाँकी २३ अर्ब ३७ करोड रुपैयाँ बराबरको ४६ वटा परियोजनाको कागजी प्रक्रियाबाट प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । परियोजनाबाट आठ हजार २६८ जनाले रोजगारी पाउने प्रतिबद्धता गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्